साफ यू–१७ च्याम्पियनसिप : नेपाल आज श्रीलङ्का विरुद्ध मैदानमा
प्रकाशित मिति: सोमबार, भाद्र ३०, २०८२ | १२:३४:२२
चितवन, ३० भाद्र । श्रीलङ्काको कोलम्बोमा आजदेखि साफ यू–१७ च्याम्पियनसिप सुरु भएको छ।
उद्घाटन खेलमा नेपालले घरेलु टोली श्रीलङ्काविरुद्ध प्रतिस्पर्धा गर्ने भएको छ।
प्रशिक्षक सञ्जित सिंहका अनुसार नेपाली टोली प्रतियोगिताका लागि पूर्ण रूपमा तयार छ। खेलअघि आयोजित प्रि–म्याच कन्फरेन्समा बोल्दै उनले खेलाडीहरू शारीरिक र मानसिक दुवै रूपमा उत्कृष्ट तयारीमा रहेको बताएका छन्।
नेपाल समूह ‘ए’ मा रहेको छ। समूह चरणमा नेपालले दोस्रो खेल बिहीबार बङ्गलादेशसँग खेल्नेछ। समूह ‘बी’ मा भारत, माल्दिभ्स, पाकिस्तान र भुटान रहेका छन्। समूह चरणका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन्।
प्रकाशित मिति : सोमबार, भाद्र ३०, २०८२ |
१२:३४:२२
3147






















