पृथ्वी राजमार्गमा दुई सवारी ठोक्किँदा ६ जना घाइते
प्रकाशित मिति: बुधबार, आश्विन ०१, २०८२ | १०:५३:१२
चितवन, ०१ आश्विन। पृथ्वी राजमार्गअन्तर्गत थाक्रो गाउँपालिका–२, बाह्र किलोमा बस र ट्रिपर एक आपसमा ठोक्किँदा ६ जना घाइते भएका छन्।
भैरहवाबाट काठमाडौँतर्फ आउँदै गरेको लुम्बिनी प्रदेश–०१–ख–३३५ नम्बरको रात्रि बस र विपरीत दिशाबाट आएको बाग्मती प्रदेश–०१–००६–ख–४२६० नम्बरको ट्रिपर ठोक्किँदा दुर्घटना भएको हो।
घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि काठमाडौँ लैजाने तयारी भइरहेको र बाँकी घाइतेहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति : बुधबार, आश्विन ०१, २०८२ |
१०:५३:१२
3411



















