निर्वाचन आयोगद्वारा मतदाता नामावली संकलनका लागि कानुन संशोधनको प्रस्ताव
प्रकाशित मिति: आइतबार, आश्विन ०५, २०८२ | १८:२७:०७
चितवन, ०५ असोज । निर्वाचन आयोगले मतदाता नामावली संकलन खोल्न कानुन संशोधनका लागि सरकारलाई प्रस्ताव गरेको छ । आयोग पदाधिकारीहरुको आइतबारको बैठकले मतदाता नामावली ऐन संशोधनका लागि गृह मन्त्रालयमा प्रस्ताव पठाएको छ । मन्त्रिपरिषद् को बैठकले यो ऐनलाई अध्यादेश मार्फत् संशोधन गर्ने सम्भावना छ ।
निर्वाचन आयोग सूचना अधिकार सुमन घिमिरेका मतदाता नामावली ऐनको दफा ४ को संशोधन गर्न लागिएको हो । जस अनुसार अब आयोगले चाहेको अवस्थामा मतदाता नामावली खोलाउने सक्ने छ भन्ने प्रावधान राखिने छ । विद्यमान ऐनमा चुनावको मिति घोषणा भइसकेपछि मतदाता नामावली संकलन गर्न नमिल्ने व्यवस्था छ ।
प्रकाशित मिति : आइतबार, आश्विन ०५, २०८२ |
१८:२७:०७
3257


















