टोपबहादुर रायमाझी कारागार फर्किए
प्रकाशित मिति: मंगलबार, आश्विन ०७, २०८२ | १५:२८:३२
चितवन, ०७ असोज । नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपी टोपबहादुर रायमाझी कारागार फर्केका छन् । जेनजीको प्रदर्शनको क्रममा २४ भदौमा सुन्धारास्थित कारागारबाट निस्केका उनी दुई सातापछि कारागार फर्केका हुन् । मंगलबार रायमाझी कारागार फर्केको कारागार स्रोतले बतायो ।
रायमाझीसँगै सुन्धारा कारागारबाट मात्रै ३३ सय कैदीबन्दी भागेका थिए । देशभरका कारागारबाट १४ हजार बढी कैदीबन्दी भागेका थिए । करिब आधाजसो कैदीबन्दी अहिले कारागार फर्किसकेका छन् ।
प्रकाशित मिति : मंगलबार, आश्विन ०७, २०८२ |
१५:२८:३२
4401



















