सुन–चाँदी दुवै उकालो, बुधबार तोलामा नयाँ उच्च मूल्य कायम
प्रकाशित मिति: बुधबार, आश्विन ०८, २०८२ | ११:५१:०२
चितवन, ०८ असोज । नेपाली बजारमा बुधबार सुनको मूल्य नयाँ रेकर्डमा पुगेको छ । दिनहुँ उकालो लागिरहेको सुन बुधबार तोलामा २ लाख २३ हजार रुपैयाँमा कारोबार भएको हो ।
यसअघि मंगलबार तोलामा २ लाख २१ हजार ७०० रुपैयाँ कायम भएको थियो । बुधबार छापावाल सुन १० ग्रामको मूल्य १ लाख ९१ हजार १८५ रुपैयाँ पुगेको छ ।
सुनसँगै चाँदीको मूल्य पनि बढेको छ । मंगलबार तोलामा २ हजार ६८० रुपैयाँमा रहेको चाँदी बुधबार बढेर २ हजार ७०० रुपैयाँमा पुगेको हो । यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो ।
प्रकाशित मिति : बुधबार, आश्विन ०८, २०८२ |
११:५१:०२
2399




















