दशैँ टीकाको दिनबाहेक अन्य दिन अध्यागमन विभाग खुला रहने
प्रकाशित मिति: बिहिबार, आश्विन ०९, २०८२ | ९:००:२९
चितवन, ०९ असोज । अध्यागमन विभागले बडादशैँको सार्वजनिक बिदाको अवधिमा दशैँको टीकाको दिनबाहेक अन्य दिनमा पर्यटक भिसा र एजेन्सी शाखा खुला राख्ने भएको छ । यही असोज १६ गते विजयादशमीका दिनबाहेक अन्य दिनमा बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म विभागको पर्यटक भिसा शाखा र एजेन्सी शाखाबाट प्रदान गरिने सेवा सञ्चालन गरिने विभागले जनाएको हो ।
विभागका अध्यागमन अधिकृत शिवकुमार अधिकारीले एक सूचना प्रकाशित गरी यस अवधिमा हुने सार्वजनिक बिदामा मुख्य दिनबाहेक सबै दिनमा सेवा सञ्चालनमा रहने जानकारी दिएका हुन् ।
प्रकाशित मिति : बिहिबार, आश्विन ०९, २०८२ |
९:००:२९
4423



















