काठमाडौंबाट बाहिरिने लामाे दुरीका गाडीलाई आज पनि रोक, टिकटको पैसा फिर्ता
प्रकाशित मिति: आइतबार, आश्विन १९, २०८२ | ८:५०:२०
चितवन, १९ असोज । काठमाडौंबाट लामो दुरीका गाडीहरुलाई गन्तव्यमा जान आज बिहानसम्म पनि रोक लगाइएको छ । काठमाडौं उपत्यकाको अवस्था सामान्य रहे पनि उपत्यका बाहिर जाने सडक अझै सामान्य भइनसकेकाले लामो दुरीका गाडी सञ्चालनमा रोक लगाइएको हो । यातायात व्यवसायीहरुलाई तत्काल टिकट बुकिङ गर्नसमेत रोक लगाइएको छ ।
काठमाडौंबाट अति आवश्यक बाहेकका कुनै पनि गाडीलाई आज बिहानसम्म बाहिर जानदिएकाे छैन् ।बसको टिकट काटेकाहरुलाई पनि पैसा फिर्ता गराइएको जनाइएकाे छ ।
प्रकाशित मिति : आइतबार, आश्विन १९, २०८२ |
८:५०:२०
4797


















