मन्त्री घिसिङद्वारा स्यूचाटारस्थित विद्युत् भार प्रेषण केन्द्रको अनुगमन
प्रकाशित मिति: मंगलबार, आश्विन २१, २०८२ | ९:१९:२७
चितवन, २१ असोज । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार र सहरी विकासमन्त्री कुलमान घिसिङले नेपाल विद्युत् प्राधिकरणअन्तर्गतको विद्युत् भार प्रेषण केन्द्रको अनुगमन गरेका छन्। सोमबार साँझ काठमाडौँको स्यूचाटारस्थित केन्द्रमा पुगेर मन्त्री घिसिङले देशभरको विद्युत् उत्पादन, प्रसारण र वितरण प्रणालीको अवस्था, ग्रिड सञ्चालन, माग र आपूर्तिको सन्तुलन, विद्युत् निर्यात तथा हालका बाढी–पहिरोले प्रभावित आयोजना सम्बन्धी जानकारी लिएका छन्।
देशका विभिन्न स्थानबाट बारम्बार बत्ती जाने गुनासो बढ्दै गएपछि प्राधिकरणका पूर्वकार्यकारी निर्देशकसमेत रहेका मन्त्री घिसिङले विद्युत् प्रणालीलाई थप भरपर्दो, गुणस्तरीय, सुरक्षित र आधुनिक बनाउन अल्पकालीन, मध्यकालीन र दीर्घकालीन सुधारका नीतिगत तथा प्राविधिक उपायहरूबारे छलफल गरेका हुन्।
प्रकाशित मिति : मंगलबार, आश्विन २१, २०८२ |
९:१९:२७
5039

















