आज विश्व हुलाक दिवस मनाइँदै
प्रकाशित मिति: बिहिबार, आश्विन २३, २०८२ | ११:००:०६
चितवन, २३ असोज । आज विश्वका विभिन्न देशमा ‘विश्व हुलाक दिवस’ मनाइँदै छ।
‘स्थानीय सेवा, विश्वव्यापी पहुँच’ भन्ने नाराका साथ मनाइने यो दिवस सन् १८७४ मा स्विजरल्याण्डको राजधानी बर्नमा विश्व हुलाक सङ्घ (Universal Postal Union) स्थापना भएको स्मरणमा हरेक वर्ष अक्टोबर ९ मा मनाइन्छ।
विश्व हुलाक सङ्घको महासभाले सन् १९६९ मा जापानको टोकियोमा बसेको बैठकबाट यो दिवसलाई औपचारिक रूपमा विश्व हुलाक दिवसका रूपमा घोषणा गरेको थियो। त्यसयता विभिन्न देशहरूले प्रत्येक वर्ष यस दिवसलाई विविध कार्यक्रमका साथ मनाउँदै आएका छन्। यस अवसरमा धेरै देशका हुलाक सेवाले नयाँ उत्पादन र सेवा प्रवर्द्धनका कार्यक्रम पनि सञ्चालन गर्ने परम्परा रहेको छ।
प्रकाशित मिति : बिहिबार, आश्विन २३, २०८२ |
११:००:०६
4225


















