गृहमन्त्री अर्यालद्वारा तीनवटै सुरक्षा निकायका प्रमुखसँग छलफल
प्रकाशित मिति: बिहिबार, आश्विन २३, २०८२ | १५:४४:००
चितवन, २३ असोज । गृहमन्त्री ओमप्रकाश अर्यालले सुरक्षा निकायका प्रमुखहरुसँग छलफल गरेका छन्। आज सिंहदरबारस्थित मन्त्रालयमा आयोजित छलफलमा तीनवटै सुरक्षा निकायका प्रतिनिधिहरू सहभागी भए। यस क्रममा नेपाल प्रहरीले प्रमुख प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङ, सशस्त्र प्रहरी बल, नेपालका प्रमुख सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल र नेपाली सेनाका प्रतिनिधिहरू उपस्थित थिए।
छलफलमा पछिल्लो राजनीतिक घटनाक्रम र विपद् व्यवस्थापनसम्बन्धी जानकारी लिनु भएको बताइएको छ।
प्रकाशित मिति : बिहिबार, आश्विन २३, २०८२ |
१५:४४:००
5237



















