आज विश्व मानसिक स्वास्थ्य दिवस मनाइँदै
प्रकाशित मिति: शुक्रबार, आश्विन २४, २०८२ | ९:१८:३१
चितवन, २४ असोज । आज विश्वका विभिन्न मुलुकमा विश्व मानसिक स्वास्थ्य दिवस मनाइँदैछ, जसको उद्देश्य मानिसहरूमा मानसिक स्वास्थ्यप्रति जागरुकता बढाउनु हो। सन् १९९२ देखि मनाइँदै आएको यस दिवसले मानसिक स्वास्थ्य बिना मानवको सम्पूर्ण स्वास्थ्य असम्भव हुने वास्तविकता बुझाउन योगदान पु¥याउँछ।
यस दिवसले प्राकृतिक प्रकोप, द्वन्द्व र सार्वजनिक स्वास्थ्य आपतकालजस्ता संकटमा परेकालाई मनोसामाजिक परामर्श र तत्काल सहयोग प्रदान गर्न आवश्यकताको महत्त्वमा जोड दिएको छ। संयुक्त राष्ट्रसङ्घले राजनीतिक नेतृत्व, सरकारी कर्मचारी, स्वास्थ्य तथा सामाजिक सेवा प्रदायक, विद्यालय कर्मचारी र सामुदायिक समूहसहित सबैलाई एकजुट भएर हरेक व्यक्तिको मानसिक स्वास्थ्य सुदृढ बनाउने दिशामा काम गर्न आह्वान गरेको छ ।
प्रकाशित मिति : शुक्रबार, आश्विन २४, २०८२ |
९:१८:३१
1255

























