भाइटीकाको शुभ साइत कार्तिक ६ गते बिहान ११:३९ बजे निर्धारण
प्रकाशित मिति: शुक्रबार, आश्विन ३१, २०८२ | ९:१९:५२
चितवन, ३१ असोज । अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णयक समितिले २०८२ सालको तिहार (शुभ दीपावली) का लागि भाइटीकाको शुभ साइत सार्वजनिक गरेको छ । समितिका सभापति प्रा. डा. माधव भट्टराई र सदस्यसचिव आचार्य लक्ष्मण पन्थीद्वारा जारी विज्ञप्तिअनुसार काठमाडौँमा भाइटीकाको शुभ साइत कार्तिक ६ गते बिहान ११:३९ बजे निर्धारण गरिएको छ।
सभापति भट्टराईका अनुसार भारत, अमेरिका, युरोप, अष्ट्रेलिया, जापान, कोरिया, मलेसिया, युएई र कतारलगायत देशमा स्थानीय समयअनुसार बिहान ११:०० देखि १२:०० बजेसम्म भाइटीका लगाउन शुभ मानिनेछ।
प्रकाशित मिति : शुक्रबार, आश्विन ३१, २०८२ |
९:१९:५२
5611


















