नवनियुक्त दुई मन्त्रीले लिए शपथ
प्रकाशित मिति: आइतबार, कार्तिक ०९, २०८२ | १६:०४:४०
चितवन, ०९ कार्तिक । नवनियुक्त दुई मन्त्रीले शपथ लिएका छन्। आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा दुई मन्त्रीलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्।
शपथ लिनेमा डा. सुधा शर्मा गौतम र बब्लु गुप्ता रहेका छन्। शर्मा स्वास्थ्य तथा जनसंख्या मन्त्री नियुक्त भएकी छिन् भने गुप्ता युवा तथा खेलकुद मन्त्री नियुक्त भएका छन् ।
प्रकाशित मिति : आइतबार, कार्तिक ०९, २०८२ |
१६:०४:४०
4753



















