रास्वपा सचिवालय सदस्य सन्तोष परियारले पार्टी त्यागे
प्रकाशित मिति: शुक्रबार, कार्तिक २८, २०८२ | १५:२९:१६
चितवन, २८ कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सचिवालय सदस्य सन्तोष परियारले पार्टी त्यागेको बताएका छन्।
निवर्तमान प्रतिनिधि सभा प्रमुख सचेतक तथा समानुपातिक तर्फका पूर्व सांसद परियारले शुक्रबार पार्टी परित्याग गरेका हुन्।
स्रोतका अनुसार उनले कार्यवाहक अध्यक्ष डीपी अर्याललाई आफ्नो राजीनामा पत्र बुझाइसकेका छन्।
प्रकाशित मिति : शुक्रबार, कार्तिक २८, २०८२ |
१५:२९:१६
1585



















