७७ जिल्लामा एमालेको आज जनप्रदर्शन, मंसिर ६ मा काठमाडौंमा वृहत सभा
प्रकाशित मिति: शनिबार, कार्तिक २९, २०८२ | ८:५०:१४
चितवन, २९ कार्तिक । नेकपा एमालेले आज (शनिबार) देशभरका ७७ वटै जिल्लामा जनप्रदर्शन र सभा आयोजना गर्दैछ। पार्टीले प्रतिगामी षड्यन्त्रका विरुद्ध र प्रतिनिधि सभा पुनःस्थापनाको मागसहित प्रदर्शन गर्न लागेको हो।
एमालेका अनुसार भदौ २४ पछि देखा परेका राजनीतिक घटनाक्रम, असंवैधानिक रूपमा गरिएको संसद विघटन तथा आगामी राजनीतिक कार्यक्रमबारे जनता समक्ष स्पष्ट जानकारी दिनका लागि यो प्रदर्शन आयोजना गरिएको हो। यसअघि, पार्टीले मंगलबार देशका ७५३ स्थानीय तहमा र कात्तिक २२ गते ६ हजार ७४३ वडामा भेला सम्पन्न गरेको थियो।
घोषित कार्ययोजना अनुसार एमालेले आगामी मंसिर ६ गते काठमाडौंमा ठूलो जनप्रदर्शन र सभाको आयोजना गर्नेछ।
प्रकाशित मिति : शनिबार, कार्तिक २९, २०८२ |
८:५०:१४
1827



















