७५ वर्षमा राजनीतिक सफलता, आर्थिक असफलता—परिणाममुखी राजनीति कोहीले गरेनन् : मन्त्री घिसिङ
प्रकाशित मिति: बुधबार, मंसिर १७, २०८२ | १९:५४:३२
चितवन, १७ मंसिर । ऊर्जामन्त्री कुलमान घिसिङले नेपालमा परिणाममुखी राजनीति कोही पनि गर्न नसकेको टिप्पणी गरेका छन्। उज्यालो नेपाल पार्टी घोषणा सभामा प्रमुख अतिथि रूपमा बोल्दै उनले ७५ वर्षमा देशले धेरै राजनीतिक परिवर्तन देखे पनि आर्थिक विकासको मोर्चामा नेतृत्व असफल भएको बताए। उनका अनुसार २००७ सालतिर नेपालसँगै भारत र चीनमा पनि ठूलो राजनीतिक परिवर्तन भए पनि ती देशहरूले आर्थिक क्रान्तिमा उल्लेखनीय प्रगति गरे।
मन्त्री घिसिङले भने, “चीनले ७५ वर्षमा आफ्नो जीडीपी ३५० गुणा बढायो, भारतले १५० गुणा वृद्धि गर्यो, तर नेपालले ७५ वर्षमा ७५ गुणा मात्र वृद्धि गर्न सक्यो। यहीँ नै हामी कमजोर पडलौं।” उनले ठूलो भाषण गर्ने राजनीति होइन, परिणाम दिने नेतृत्व देशले खोजिरहेको बताए।
प्रकाशित मिति : बुधबार, मंसिर १७, २०८२ |
१९:५४:३२
837





















