कागेश्वरी मनोहरा नगरपालिका–७ का वडाध्यक्ष भीमसेन थापाको निधन
प्रकाशित मिति: शुक्रबार, मंसिर १९, २०८२ | १०:२६:५०
चितवन, १९ मंसिर । कागेश्वरी मनोहरा नगरपालिका–७ का वडाध्यक्ष भीमसेन थापाको निधन भएको छ। उहाँको निधन बिहीबार हरिसिद्धीस्थित नेपाल क्यान्सर अस्पतालमा उपचारका क्रममा भएको हो, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सुवेदीले जानकारी दिएका छन्।
वडाध्यक्ष थापाको निधनमा शोक व्यक्त गर्दै नगरपालिकाले एक शोक विज्ञप्ति जारी गरेको छ। विज्ञप्तिमा पालिकाअन्तर्गतका वडा कार्यालयहरू, अत्यावश्यक सेवाबाहेकका स्वास्थ्य संस्थाहरू, आयुर्वेद औषधालय, र संस्थागत तथा सामुदायिक विद्यालयहरूमा आज बिदा दिएको जनाइएको छ।

प्रकाशित मिति : शुक्रबार, मंसिर १९, २०८२ |
१०:२६:५०
969





















