गगन थापा: निर्वाचनको वातावरण तयार गर्न सरकार असफल, कैदीबन्दी र हतियार नियन्त्रणमा चुनौती
चितवन, २० मंसिर । कांग्रेस महामन्त्री गगन थापाले तोकिएको मितिमा निर्वाचन सम्पन्न गर्न केही कठिनाइ हुने बताएका छन्, र सरकार पक्षले निर्वाचनको लागि वातावरण तयार गर्न नसकेको आरोप पनि लगाएका छन्।
नेपाल प्रेस युनियन सर्लाहीले शनिबार मलंगवामा आयोजना गरेको पत्रकार सम्मेलनमा गगन थापाले सरकार पक्षले निर्वाचनको वातावरण बनाउन चुक्यो भन्दै आलोचना गरेका छन्। उनले भने, “नेपाली कांग्रेस फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनमा प्रतिबद्ध रहेको छ, तर सरकारले संशय हटाएर निर्वाचन गराउन कन्भिन्स गर्न सकिरहेको छैन।”
थापाले भने, “तोकिएको मितिमा निर्वाचन गराउन केही कठिनाइ आउन सक्छ। भागेका कैदीबन्दी र लुटिएका हतियारलाई सरकारले नियन्त्रणमा लिनु पर्छ, नभए निर्वाचनमा संशय कायम रहन्छ।”
जेन-जी आन्दोलनपछि फरार भएका कैदीबन्दी र लुटिएका हतियारलाई निर्वाचनका लागि ठूलो चुनौती बन्न सक्ने गगन थापाले बताए। उनले यसबारेमा प्रधानमन्त्री सुशीला कार्कीलाई सर्वदलीय बैठकमा जानकारी गराएको पनि जनाएका छन्। साथै, तोकिएको मितिमा मधेशमा होलीको वातावरण र पहाड तथा हिमाल क्षेत्रमा प्रतिकूल मौसम समस्याका रूपमा उभिन सक्ने उनको भनाइ थियो।





















