प्रचण्ड: मधेशको नयाँ सत्ता समीकरणको प्रभाव अन्य प्रदेशमा पनि फैलिनेछ
प्रकाशित मिति: शनिबार, मंसिर २०, २०८२ | १७:१०:१९
चितवन, २० मंसिर । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मधेश प्रदेशमा बनेको नयाँ सत्ता समीकरणको प्रभाव अन्य प्रदेशहरूमा पनि फैलिने दाबी गरेका छन्।
आज जनकपुरमा आयोजित पार्टीको मधेश प्रदेशस्तरीय एकता सन्देश सभालाई सम्बोधन गर्दै प्रचण्डले मधेश प्रदेश सरकार गठनका क्रममा परम्परागत समीकरण तोडिएर नयाँ समीकरण बनेको बताएका छन्।
उनले भने, “मधेशले अब पुराना परम्परागत समीकरणको पछि नलागेर नयाँ सरकार गठन गरेको छ, जसमा नेपाली कम्युनिस्ट पार्टी, मधेशवादी दल र नेपाली कांग्रेस समेत सहभागी भएका छन्। यसले केही वर्षदेखिको पुरानो समीकरणलाई तोडेको छ।”
प्रचण्डले थपे, “यो नयाँ समीकरणको सुरुवात मधेशबाट भएको छ र मधेशबाट देखिएको यो सन्देश देशका अन्य प्रदेशहरूमा पनि फैलिनेछ।”
प्रकाशित मिति : शनिबार, मंसिर २०, २०८२ |
१७:१०:१९
1827





















