बढ्यो अन्डाको मूल्य
प्रकाशित मिति: सोमबार, मंसिर २२, २०८२ | १४:५०:३०
चितवन, २२ मंसिर । १० दिनअघि बढेको अन्डाको भाउ फेरि वृद्धि गरिएको छ। नेपाल लेयर्स कुखुरापालक संघले भोलिदेखि लागू हुने गरी अन्डाको नयाँ मूल्य तोक्ने निर्णय गरेको हो।
१३ मंसिरमा अन्डाको भाउ बढाएको संघले अब फेरि प्रतिक्रेट २० रुपैयाँ बढाएर नयाँ मूल्य सार्वजनिक गरेको छ। नयाँ मूल्य अनुसार सबैभन्दा ठूलो अन्डा प्रतिक्रेट ५८० रुपैयाँ, ठूलो अन्डा ५६५ रुपैयाँ र मध्यम अन्डा ५५० रुपैयाँ पुगेको छ।
१३ मंसिरमा सबैभन्दा ठूलो अन्डा ५६० रुपैयाँ, ठूलो अन्डा ५४५ रुपैयाँ र मध्यम अन्डा ५३० रुपैयाँ तोकिएको थियो। संघका अनुसार अन्डा उत्पादनमा कमी र मागमा वृद्धि भएको कारण मूल्य बढाइएको हो।
प्रकाशित मिति : सोमबार, मंसिर २२, २०८२ |
१४:५०:३०
1255






















