जेनजी आन्दोलनमा मृत्यु भएका ४५ शहीदको नाम जिल्ला प्रशासन कार्यालयमा राख्न पत्राचार
प्रकाशित मिति: सोमबार, मंसिर २२, २०८२ | १५:३८:११
चितवन, २२ मंसिर । २३ र २४ भदौमा भएको जेनजी आन्दोलनमा मृत्यु भएका ४५ शहीदको नाम जिल्ला प्रशासन कार्यालयमा राख्न पत्राचार गरिएको छ।
गृह मन्त्रालयले एक सूचना जारी गर्दै सबै जिल्ला प्रशासन कार्यालयहरूलाई सर्कुलर जारी गर्दै आन्दोलनमा मारिएका ४५ जनाको नामावली राख्न निर्देशन दिएको हो।
उनीहरूलाई “जेनजी सुशासन योद्धा” भनेर प्रमुख जिल्ला अधिकारीको कार्यकक्षमा ३ दिनभित्र नाम राख्न भनिएको छ। गृहमन्त्रीस्तरीय निर्णय अनुसार आइतबार मात्र यो निर्णय भएको हो।
मन्त्रालयका शाखा अधिकृत पदमबहादुर खत्रीद्वारा हस्ताक्षरित पत्रमा सबै सीडीओ कार्यालयलाई सम्बोधन गर्दै तीन दिनभित्र नामावली राख्ने भनिएको छ।
प्रकाशित मिति : सोमबार, मंसिर २२, २०८२ |
१५:३८:११
5501


















