३८ लाख बराबरको नगद र धनमाल चोरी
प्रकाशित मिति: सोमबार, मंसिर २२, २०८२ | १५:४७:३९
चितवन, २२ मंसिर । भक्तपुरको सूर्यविनायक नगरपालिकामा ३८ लाख रुपैयाँ भन्दा बढीको चोरी भएको छ । सूर्यविनायक नगरपालिका–५ कटुन्जे कोलडाँडा बस्ने ३५ वर्षीय सुशील थापाको घरबाट आइतबार राति ३८ लाख ४६ हजार रुपैयाँ बराबरको सुनका गरगहना र नगद चोरी भएको प्रहरीले जानकारी दिएको छ।
चोरीमा संलग्नको खोजी जारी राखेपनि अहिलेसम्म कुनै पनि व्यक्तिलाई पक्राउ गर्न सकेको छैन। प्रहरीले ठूलो मात्रामा नगद र धनमाल चोरी गरेर फरार रहेको जनाएको छ।
प्रकाशित मिति : सोमबार, मंसिर २२, २०८२ |
१५:४७:३९
3279



















