प्रधानमन्त्री सुशीला कार्कीले जेनजीसँगको सम्झौतासमेत ऐतिहासिक, तर सम्झौताविरुद्ध जेनजीको विरोध
चितवन, २४ मंसिर । प्रधानमन्त्री सुशीला कार्कीले जेनजीहरूसँगको सम्झौतासमेत ऐतिहासिक रेकर्ड बन्यो भन्ने दाबी गरेकी छिन्। बुधबार साँझ प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भएको हस्ताक्षर कार्यक्रममा सम्बोधन गर्दै उनले यस्तो भनाइ राखेकी हुन्।
त्यस क्रममा उनले जेनजीका अगुवा सुदन गुरुङलाई ‘जेठो छोरा’ भनेर सम्बोधन गरिन्। उनले भनिन्, “जुन जेनजी बाबु र उहाँका छोराछोरी यहाँ दिनरात खट्दै काम गर्नुभएको छ। म उहाँहरूलाई धन्यवाद दिन चाहन्छु। हाम्रो सुदन गुरुङ, मेरो जेठो छोरा, उहाँलाई पनि धन्यवाद दिन्छु।”
प्रधानमन्त्रीले गृहमन्त्री र आईजीपीसहित उपस्थित मन्त्रीहरूको नामसमेत लिएर धन्यवाद दिइन्।
तर, सम्झौतापछि केही जेनजी सदस्यहरूले सरकारसँगको सम्झौतालाई अस्वीकार गर्दै विरोध जनाए। यसका कारण केही समयसम्म विवाद समेत उत्पन्न भएको थियो। एउटा जेनजी सदस्यले त प्रधानमन्त्रीको अगाडि सम्झौता च्यातिदिएर विरोध जनाए।





















