प्रहरीले मोरङको रंगेलीबाट ९ सय २१ किलो गाँजा बरामद, तस्करीको आशंका
प्रकाशित मिति: बिहिबार, मंसिर २५, २०८२ | १३:१५:५३
चितवन, २५ मंसिर । प्रहरीले मोरङको रंगेलीबाट ९ सय किलोभन्दा बढी गाँजा बरामद गरेको छ । मोरङ प्रहरीका अनुसार, बुधबार राति रंगेली नगरपालिका-८ स्थित विद्युत् कार्यालय नजिकैको खेतमा रुखमुनि परालले छोपेर लुकाइएको अवस्थामा ९ सय २१ किलो गाँजा बरामद गरिएको हो।
बरामद गाँजा २९ वटा बोरामा राखिएको थियो। प्रहरीका अनुसार, ९ सय २१ किलो ६६ ग्राम गाँजा बरामद भएको छ।
प्रहरीले भने, गाँजा कसले ल्याएर राखेको हो भन्ने कुरा खुलाउन सकेको छैन। कोशी प्रदेशका पहाडी जिल्लामा उत्पादन हुने गाँजा प्रायः मोरङ र सुनसरी हुँदै तस्करी भएर भारत पुग्ने गरेको छ, र यो गाँजा पनि भारत लैजानका लागि लुकाइएको अवस्थामा बरामद गरिएको प्रहरीको भनाइ छ।
प्रकाशित मिति : बिहिबार, मंसिर २५, २०८२ |
१३:१५:५३
1827





















