पूर्वराष्ट्रपति भण्डारीले क्षतिग्रस्त संसद् भवनको अवलोकन
प्रकाशित मिति: बिहिबार, मंसिर २५, २०८२ | १५:४६:३५
चितवन, २५ मंसिर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जेनजी युवाको प्रदर्शनको क्रममा आगजनी र तोडफोडबाट क्षतिग्रस्त भएको सङ्घीय संसद् भवनको अवलोकन गरेकी छन्। आज नयाँ बानेश्वरस्थित संसद् भवन परिसरमा पुगेर उनले तोडफोड र आगलागीबाट भएको क्षतिबारे जानकारी लिएकी हुन्।
सभामुख देवराज घिमिरे र राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले पूर्वराष्ट्रपतिलाई संसद् भवनमा भएको क्षतिबारे जानकारी गराएका थिए। अवलोकन पछि सञ्चारकर्मीहरूसँग प्रतिक्रिया दिँदै, पूर्वराष्ट्रपति भण्डारीले जनप्रतिनिधिमूलक थलो संसदको यस्तो अवस्था देखेर आफू अत्यन्त दुःखित भएको बताइन्।
गत भदौ २३ गते जेनजी युवाको प्रदर्शनको क्रममा सङ्घीय संसद् भवनमा तोडफोड भएको थियो र २४ गते आगजनी गरिएको थियो।
प्रकाशित मिति : बिहिबार, मंसिर २५, २०८२ |
१५:४६:३५
1651





















