एक जना नक्कली नोटसहित सर्लाहीबाट पक्राउ
प्रकाशित मिति: बिहिबार, मंसिर २५, २०८२ | १५:४९:०५
चितवन, २५ मंसिर । सर्लाहीको विष्णु गाउँपालिका–६ बाट नेपाली एक हजार दरका ९५ थान नक्कली नोटसहित एक जनालाई पक्राउ गरिएको छ।
भारतबाट नेपालतर्फ आउँदै गरेको अवस्थामा ‘अनटेष्ट’ लेखिएको मोटरसाइकलमा सवार ३० वर्षीय फिरोज खानलाई कौडेना गाउँपालिका–५ छपकैयाका व्यक्तिलाई उक्त नक्कली नोटसहित प्रहरीले पक्राउ गरेको हो। केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार, इलाका प्रहरी कार्यालय सिमरा फेन्हाराबाट खटिएको टोलीले बुधबार राति खानलाई पक्राउ गरेको हो।
प्रहरीले यस सम्बन्धमा आवश्यक अनुसन्धान गर्दैै गरेको जनाएको छ।
प्रकाशित मिति : बिहिबार, मंसिर २५, २०८२ |
१५:४९:०५
1541






















