डा. प्रकाशशरण महतले १५ औं महाधिवेशनमा सभापतिमा दाबी गर्ने घोषणा
चितवन, २६ मंसिर । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले १५ औं महाधिवेशनमा संस्थापन समूहबाट सभापतिमा आफ्नो दाबी रहेको बताएका छन्। उनले शुक्रबार काठमाडौँको महाराजगन्जमा पत्रकारसँग कुरा गर्दै, समूहले आपसी सहमतिमा एउटै उम्मेदवार चयन गर्ने प्रयास गर्ने बताए।
सभापति शेरबहादुर देउवा र उनी निकटका कार्यकर्तासँग आफूलाई गहिरो सम्बन्ध रहेको र उनीहरूको भावनालाई सम्मान गर्दै सभापतिमा दाबी गरेको डा. महतले स्पष्ट पारे। उनले भने, “हाम्रो समूहबाट १५ औं महाधिवेशनमा सभापतिमा मेरो दाबी रहन्छ। मैले सभापतिज्यूसँग लामो समय काम गरेको छु र उहाँसँग जोडिएका देशभरका नेता र कार्यकर्तासँग मेरो सम्बन्ध छ। उनीहरूको भावना कदर गर्दै मैले सभापतिमा दाबी राखेको हुँ।”
संस्थापन समूहका कार्यवाहक सभापति पूर्णबहादुर खड्का सहित डा. महतको समूहका अन्य नेताहरू पनि सभापतिमा दाबी राख्दै छन्। ‘७ भाइ’ समूहका रूपमा परिचित यस समूहमा पूर्वउपसभापति विमलेन्द्र निधि, गोपालमान श्रेष्ठ, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह, डा. शशांक कोइराला लगायतका नेता सभापतिमा दाबी पेश गर्दै आएका छन्। यस समूहमा डा. महत र विजयकुमार गच्छदारको पनि सभापतिमा दाबी रहेको जानकारी प्राप्त भएको छ।



















