वीरगञ्ज कारागारमा एक कैदीबन्दीको उपचारका क्रममा मृत्यु
प्रकाशित मिति: शुक्रबार, मंसिर २६, २०८२ | १८:३७:१७
चितवन, २६ मंसिर । वीरगञ्ज कारागारमा कैदभुक्तान गर्दै आएका ३७ वर्षीय अनिल महतोको उपचारका क्रममा मृत्यु भएको छ। महतो वीरगञ्ज महानगर–१२ मुर्लीका स्थायी बासिन्दा थिए। कारागारका प्रशासक बाबुलाल रेग्मीले जानकारी दिँदै भने, “महतोलाई स्वास्थ्यमा समस्या देखिएपछि नारायणी अस्पतालमा लगिएको थियो, जहाँ उनको उपचारका क्रममा मृत्यु भएको हो।”
महतो सवारी ज्यान मुद्दामा अदालतबाट तीन वर्ष कैद सजाय र रु २,००० जरिवाना तोकिएको थियो।
प्रकाशित मिति : शुक्रबार, मंसिर २६, २०८२ |
१८:३७:१७
4577
















