एमाले उपाध्यक्ष युवराज ज्ञवालीको ११औं महाधिवेशनमा उम्मेदवार नबन्ने घोषणा
प्रकाशित मिति: आइतबार, मंसिर २८, २०८२ | १४:४२:५२
चितवन, २८ मंसिर । नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले ११औं महाधिवेशनमा उम्मेदवार नबन्ने निर्णय गरेका छन्।
आइतबार भृकुटीमण्डपमा जारी पार्टीको केन्द्रीय कमिटीको बैठकमा उनले घोषणा गरे कि ११औं महाधिवेशनमा आफू कुनै पदको उम्मेदवार बन्ने छैनन्। ७० वर्षको उमेर पार गरिसकेका ज्ञवालीले भने, चुनावमा भाग नलिने भएपनि पार्टीमा सक्रिय रहने छुँ।
पार्टीको ११औं महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्रको शुरुवात हुँदै छ। केन्द्रीय कमिटीको बैठकपछि भृकुटीमण्डपमै बन्दसत्र सुरु हुने तय भएको छ।
प्रकाशित मिति : आइतबार, मंसिर २८, २०८२ |
१४:४२:५२
5435



















