महानगरको मेलामा मौलिक नेपाली परिकारहरू प्रस्तुत गर्दै प्रेसिडेन्ट सेकुवा
चितवन, २८ मंसिर । “स्वाद, स्वास्थ्य र आतिथ्यताको सँग–सँगै” भन्ने मूल मन्त्रसँगै नेपाली आतिथ्यताको क्षेत्रमा अग्रसर प्रेसिडेन्ट सेकुवा, काठमाडौं महानगरको ३१औं स्थापना दिवसको अवसरमा आयोजित रैथाने मौलिक खाद्य स्वच्छता मेला–२०८२ मा सहभागी भएको छ। प्रेसिडेन्ट सेकुवा नेपाली मौलिक खानाको पहिचान, स्वाद र संस्कृतिलाई आधुनिक व्यवस्थापन र स्वच्छतासँग जोड्दै निरन्तर अगाडि बढिरहेको छ।
आज (आइतबार) नारायण चौरमा सञ्चालन हुने उक्त मेलामा, प्रेसिडेन्ट बिजनेस ग्रुप अन्तर्गतको प्रेसिडेन्ट सेकुवा आफ्नो विभिन्न आउटलेटमा लोकप्रिय बनेका नेपाली रैथाने परिकारहरू जस्तै खसीको पक्कु, सिस्नो अकबरे चिकन, सिस्नुको म:म, पाल्पाको बटुक र गुल्मीको दही चुकौनी प्रदर्शनीमा प्रस्तुत गर्दैछ।
परम्परागत सेकुवा संस्कृतिलाई आधुनिक किचन, स्वच्छता मापदण्ड र गुणस्तरीय सेवासँग जोड्दै, प्रेसिडेन्ट सेकुवाले नेपाली खानालाई मात्र स्थानीय स्तरमा सीमित नगरी एक प्रतिष्ठित ब्रान्डको रूपमा स्थापित गर्ने लक्ष्य लिएको छ।
सस्तो मूल्यमा उच्च गुणस्तरको खाना र सेवा प्रदान गर्दै आएको प्रेसिडेन्ट सेकुवा आज काठमाडौंदेखि मोफसलसम्म खानाका पारखीहरूको प्राथमिक रोजाइ बनिसकेको छ।
प्रेसिडेन्ट बिजनेस ग्रुपका कर्पोरेट डाइरेक्टर काशी भण्डारीका अनुसार, पछिल्लो समय उपभोक्ताहरू स्थानीय र मौलिक खानातर्फ पुनः आकर्षित हुँदैछन्। प्रेसिडेन्ट सेकुवाको उद्देश्य व्यापार विस्तारका साथै नेपाली खानाको पहिचान जोगाउँदै नयाँ पुस्तासम्म त्यसको प्रवर्द्धन गर्नु हो।
प्रयोग, खाद्य स्वच्छतामा कडाइ र स्वादमा निरन्तरता भनेको प्रेसिडेन्ट सेकुवाको मूल मन्त्र हो, भन्ने कुरा ग्रुपको भनाइ हो।
महानगरका अनुसार, मेलामा ३२ वटै वडाबाट कम्तीमा एक–एक वटा स्थानीय रैथाने खाद्य स्टल राखिनेछ, जसले उपभोक्तालाई एउटै स्थानमा विभिन्न भूगोल र समुदायका परिकार चाख्ने अवसर प्रदान गर्नेछ।
स्थानीय मौलिक खाद्य स्वच्छता मेला, केवल खानाको प्रदर्शनी मात्र नभइ, नेपाली स्वाद, संस्कार र संस्कृतिको उत्सवको रुपमा आयोजना गरिएको छ।
मेलाको उद्घाटन र अवलोकन कार्यक्रममा जनप्रतिनिधि, व्यवसायी, सञ्चारकर्मी, खानाका पारखी र सर्वसाधारणलाई उपस्थित भई नेपाली मौलिक खानाको प्रवर्द्धनमा योगदान दिन आयोजकले आग्रह गरेका छन्।


















