केपी ओलीले नेकपा एमालेको अध्यक्ष पदमा उम्मेदवारी दर्ता गरे
प्रकाशित मिति: सोमबार, मंसिर २९, २०८२ | १५:३६:४०
चितवन, २९ मंसिर । काठमाडौंको भृकुटीमण्डपमा जारी बन्दसत्रमा केपी शर्मा ओलीले नेकपा एमालेको अध्यक्ष पदका लागि आफ्नो उम्मेदवारी दर्ता गरेका छन्। केही समयअघि वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पनि उम्मेदवारी दर्ता गराइसकेका थिए।
ओली र पोखरेल छुट्टाछुट्टै प्यानलसहित निर्वाचनमा उत्रिएका छन्, र मतदान भोलि तय भएको छ।
प्रकाशित मिति : सोमबार, मंसिर २९, २०८२ |
१५:३६:४०
5017



















