सरकारले उच्चस्तरीय राजनीतिक संवाद समिति गठन गर्ने निर्णय
प्रकाशित मिति: सोमबार, मंसिर २९, २०८२ | १८:१५:४३
चितवन, २९ मंसिर । सरकारले विभिन्न राजनीतिक दल र सरोकारवालासँग वार्ता गर्न उच्चस्तरीय राजनीतिक संवाद समिति गठन गर्ने निर्णय गरेको छ।
आज सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले कानूनमन्त्री अनिल सिन्हाको संयोजकत्वमा उक्त समिति गठन गर्ने निर्णय गरेको हो।
समितिको सदस्यमा सञ्चारमन्त्री जगदीश खरेल र प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार अजयभद्र खनाललाई नियुक्त गरिएको छ।
प्रकाशित मिति : सोमबार, मंसिर २९, २०८२ |
१८:१५:४३
4995



















