इन्टरनेटको प्रयोग बिना मानिसहरू बाँच्न सक्दैनन् : प्रदीप पौडेल
प्रकाशित मिति: मंगलबार, पौष ०१, २०८२ | १३:१३:२२
चितवन, ०१ पुष । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले आज काठमाडौँमा भएको डिजिटल राइट्स कन्फ्रेन्समा सम्बोधन गर्दै इन्टरनेटको प्रयोग बिना मानिसहरूका लागि बाँच्न सम्भव नहुने बताएका छन्।
उनका अनुसार, डिजिटल राइट्स लोकतन्त्रसँग गहिरो सम्बन्ध राख्ने एउटा अनिवार्य विषय हो र यसलाई मानव अधिकारसँग जोडिएको रहेको पनि उनले स्पष्ट पारे। सामाजिक सञ्जाल र इन्टरनेटलाई उनले अक्सिजनको जस्तै आवश्यकतासँग तुलना गर्दै भने, “आजको युगमा इन्टरनेटको प्रयोग बिना जीवन सम्भव छैन।”
तर, उनले इन्टरनेटको पूर्ण व्यवस्थापन भने गर्न नसकेको बताए। सामाजिक सञ्जालको प्रतिबन्ध लगाउनु लोकतन्त्रको साँचो परिभाषा नहुने र डिजिटल राइट्सलाई मानव अधिकार, लोकतन्त्र र नेपाली कांग्रेसका आदर्शसँग जोडिएको विषय मान्ने आफ्नो दृष्टिकोण राखे।
प्रकाशित मिति : मंगलबार, पौष ०१, २०८२ |
१३:१३:२२
4841



















