कोरिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा एक जना पक्राउ
प्रकाशित मिति: मंगलबार, पौष ०१, २०८२ | १३:२१:५०
चितवन, ०१ पुष । कोरिया पठाइदिन्छु भन्दै तीन लाख रुपैयाँ ठगी गरेको आरोपमा ४३ वर्षीय खडानन्द लामिछानेलाई प्रहरीले पक्राउ गरेको छ। गोरखाको भीमसेननाथ गाउँपालिका-२ स्थायी घर भएका लामिछानेलाई काठमाडौँको टोखा नगरपालिका-३ बाट सोमबार राति प्रहरीले पक्राउ गरेको हो।
पीडितको उजुरीका आधारमा लामिछानेले रकम लिइसकेपछि सम्पर्कविहीन भएको बताइएको छ। उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको प्रहरीले पक्राउ गरेको हो।
लामिछानेलाई आवश्यक अनुसन्धान र कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचलमा पठाइएको प्रहरीले जानकारी दिएको छ।
प्रकाशित मिति : मंगलबार, पौष ०१, २०८२ |
१३:२१:५०
4467
















