सिरियल नम्बर बिनाका फारम फिर्ता गर्न शेखर कोइरालाको ध्यानाकर्षण
प्रकाशित मिति: मंगलबार, पौष ०१, २०८२ | १५:४०:०५
चितवन, ०१ पुष । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन्। आज डा. कोइराला आफ्नो सहकर्मी डा. मिनेन्द्र रिजालसँगै सभापति देउवा निवास, महाराजगन्जमा पुगेका थिए।
भेटका क्रममा, डा. कोइरालाले क्रियाशील सदस्यता व्यवस्थापन समितिले ‘सिरियल नम्बर’ बिनाका फारम जिल्ला–जिल्लामा पठाएको घटनाबारे र केन्द्रीय अनुशासन समितिले गरेका कारबाही सिफारिसहरूबारे छलफल गरेका थिए।
स्वकीय सचिव दिनेशचन्द्र थपलियाका अनुसार, डा. कोइरालाले सिरियल नम्बर बिना रहेका फारमहरूले जिल्लाहरूमा जटिल समस्या सिर्जना गरेको भन्दै त्यसलाई सच्याउन आग्रह गरेका थिए। उनले बिना नम्बरका फारमहरू तत्काल फिर्ता लिइ नयाँ फारम पठाउनका लागि सभापति देउवासँग अनुरोध गरेका थिए।
प्रकाशित मिति : मंगलबार, पौष ०१, २०८२ |
१५:४०:०५
5105



















