एमालेको ११औं महाधिवेशन अन्तर्गत आज राति ७ बजेदेखि मतदान शुरु
प्रकाशित मिति: मंगलबार, पौष ०१, २०८२ | १७:२९:२५
चितवन, ०१ पुष । नेकपा (एमाले) को ११औं महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि आज बेलुका ७ बजेदेखि मतदान प्रक्रिया शुरु हुने भएको छ। पार्टीको निर्वाचन आयोगले मतदान तालिका सार्वजनिक गर्दै, बेलुका ७ बजेदेखि राति १ बजेसम्म मतदान हुने जनाएको छ।
मतदान प्राविधिक रुपमा विद्युतीय भोटिङ मेसिनबाट गरिने छ। भने, नामावलीमा भएको तलमाथि फेरबदललाई मिलाउन प्राविधिक टोलीलाई समय लागेकाले केही समय विलम्ब भएको छ, भन्ने जानकारी पनि एमाले निर्वाचन आयोगले दिएको छ ।
प्रकाशित मिति : मंगलबार, पौष ०१, २०८२ |
१७:२९:२५
4973




















