बालुवाटारमा प्रधानमन्त्रीविरुद्ध मिराज समूहको प्रदर्शन, दुई जना पक्राउ
प्रकाशित मिति: मंगलबार, पौष ०१, २०८२ | १८:४६:०३
चितवन, ०१ पुष । प्रधानमन्त्री सुशीला कार्कीविरुद्ध जेनजीका नेता मिराज ढुंगाना नेतृत्वमा भएको प्रदर्शन मंगलबार (पुस १) प्रधानमन्त्री निवास बालुवाटार अगाडि गरिएको थियो।
प्रदर्शनको क्रममा प्रहरीले अमृत कुमार बोहरा र प्रकाश शर्मा नामका दुईजनालाई पक्राउ गरेको छ। काठमाडौं प्रहरी परिसरका एसपी पवन भट्टराईका अनुसार, उनीहरूलाई प्रहरी वृत्त मालिगाउँ लैजाँदै गरिएको छ। एसपी भट्टराईले भने, “को हुन् भन्ने कुरा सोधपुछ गरिनेछ।”
प्रकाशित मिति : मंगलबार, पौष ०१, २०८२ |
१८:४६:०३
4379



















