एमाले महाधिवेशनः नयाँ नेतृत्व चयनका लागि मतदान सुरु
प्रकाशित मिति: बुधबार, पौष ०२, २०८२ | ११:०८:१८
चितवन, ०२ पुष । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत भृकुटीमण्डपमा नयाँ नेतृत्व चयनका लागि मतदान प्रक्रिया सुरु भएको छ।
केन्द्रीय निर्वाचन आयोगका उपाध्यक्ष सानुराज पोखरेलका अनुसार अध्यक्ष पदका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेलले मतदान गरिसकेका छन्।
एमालेको ३०१ सदस्यीय केन्द्रीय कमिटीका लागि ६६० जनाले उम्मेदवारी दर्ता गरेका छन्। मतदानका लागि ८० वटा भोटिङ मेसिन प्रयोग गरिएको छ भने महाधिवेशनमा कुल २,२६३ जना मतदाता सहभागी छन्।
प्रकाशित मिति : बुधबार, पौष ०२, २०८२ |
११:०८:१८
4291



















