सर्वोच्चले कांग्रेसका आठ सांसदको प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा कारण देखाऊ आदेश जारी
प्रकाशित मिति: बुधबार, पौष ०२, २०८२ | १५:३१:३३
चितवन, ०२ पुष । प्रतिनिधिसभा विघटनविरुद्ध नेपाली कांग्रेसका तत्कालीन प्रमुख सचेतकसहित आठ सांसदद्वारा दायर रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ। गत मंसिर २३ मा दायर यो रिट बुधबार संवैधानिक इजलासको आठौं नम्बरमा सुनुवाइको लागि परेको थियो।
संवैधानिक इजलासमा परेका सबै मुद्दाको सुनुवाइ आज खाजा समयअघि सकिएको छ। कांग्रेसका रिट पेसकर्ता, पूर्वमहान्यायाधिवक्ता खम्बबहादुर खातीका अनुसार, रिटमा कारण देखाऊ आदेश जारी भएको छ।
विपक्षी पक्षका सबै जवाफ आइसकेपछि रिटलाई अन्य पूर्व दायर रिटसँगै सुनुवाइका लागि लगाइने सम्भावना रहेको बताइएको छ।
यस रिटमा राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री सुशीला कार्की, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, निर्वाचन आयोग र प्रतिनिधिसभाका सभामुखलाई विपक्षी बनाइएको छ।
प्रकाशित मिति : बुधबार, पौष ०२, २०८२ |
१५:३१:३३
4753



















