जेनजी अगुवा मिराज ढुंगानाको समूह सरकारविरोधी प्रदर्शनमा काठमाडौँको माइतीघरमा उत्रियो
प्रकाशित मिति: सोमबार, पौष ०७, २०८२ | १३:२४:०८
चितवन, ०७ पुष । जेनजी आन्दोलनका अगुवा मिराज ढुंगानाको नेतृत्वमा सरकारविरोधी प्रदर्शन काठमाडौँको माइतीघरमा भएको छ। मिराज ढुंगाना र रविकिरण हमालसहितका जेनजी समूहले संयुक्त जेनजी आन्दोलनको घोषणा गर्दै प्रदर्शनमा उत्रिएका हुन्।
प्रदर्शनका कारण काठमाडौँका प्रमुख क्षेत्रहरु—माइतीघर, थापाथली, बबरमहल लगायतका स्थानमा ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएको छ।
प्रशासनले प्रदर्शनको लागि अनुमति नदिएपनि मिराज समूहले अघि बढ्न प्रयास गरेको छ। यस क्रममा मिराज ढुंगाना, डा. निकोलस भुसाल, रविकिरण हमाल, अजय सोडारी लगायतका जेनजी अभियन्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनीहरूलाई प्रहरीको गाडीमा राखिएको बताइएको छ।
मिराज ढुंगानाको समूहले सुशीला कार्की नेतृत्वको सरकारले जेनजी आन्दोलनको मर्म अनुसार काम नगरेको भन्दै, सर्वपक्षीय सरकार गठनको माग उठाएको छ।
प्रकाशित मिति : सोमबार, पौष ०७, २०८२ |
१३:२४:०८
4093




















