देउवा र ओली बीच आजको भेटमा समसामयिक राजनीतिक विषयमा छलफल
प्रकाशित मिति: सोमबार, पौष ०७, २०८२ | १७:४८:२२
चितवन, ०७ पुष । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली बीच आज महाराजगन्जस्थित देउवा निवासमा भेटवार्ता भएको छ।
सभापति देउवाको सचिवालयका अनुसार, भेटमा उनीहरूले समसामयिक राजनीतिक विषयमा छलफल गरेका छन्। यस भेटमा अध्यक्ष ओलीसँग एमालेका महासचिव शंकर पोखरेल पनि सहभागी थिए।
यसअघि, मङ्सिर १९ गते पनि सभापति देउवा र अध्यक्ष ओली बीच एकअर्कासँग भेट भएको थियो।
प्रकाशित मिति : सोमबार, पौष ०७, २०८२ |
१७:४८:२२
4599




















