कांग्रेसको प्राथमिकता निर्वाचन हो: देउवा
प्रकाशित मिति: शुक्रबार, पौष ११, २०८२ | १२:२४:४५
चितवन, ११ पुष । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार प्रविधिमन्त्री जगदीश खरेलसँगको भेटमा आफ्नो पार्टीको प्राथमिकता चुनावलाई रहेको बताएका छन्।
स्रोतका अनुसार, देउवाले भने, “नेपाली कांग्रेसको प्राथमिकता प्रतिनिधि सभा पुनःस्थापना भन्दा पनि चुनाव नै हो। तर, सरकारले चुनावको वातावरण बनाउनुपर्नेछ।”
यसमा प्रतिक्रिया जनाउँदै मन्त्री खरेलले सरकारले स्वच्छ, भयरहित र निष्पक्ष निर्वाचन सम्पन्न गराउन कुनै कसर बाँकी नराख्ने आश्वासन दिएका थिए। उनले भने, “तर दलहरूले पनि निर्वाचनको वातावरण बनाउन पहल गर्नुपर्नेछ।”
प्रकाशित मिति : शुक्रबार, पौष ११, २०८२ |
१२:२४:४५
3741



















