एमालेको सचिवालय बैठक च्यासलमा सुरु, समानुपातिक सूचीको छलफल
प्रकाशित मिति: आइतबार, पौष १३, २०८२ | १५:३७:१६
चितवन, १३ पुष । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को सचिवालय बैठक केन्द्रीय कार्यालय, च्यासलमा सुरु भएको छ। आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि निर्वाचन आयोगले पुस १३ र १४ गते समानुपातिक सूची पेस गर्नको लागि समय तोकेको छ, यस सन्दर्भमा बैठकमा छलफल हुने जानकारी प्राप्त भएको छ।
एमालेको ११औं राष्ट्रिय महाधिवेशनबाट अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा निर्वाचित भएपछि यो पहिलो सचिवालय बैठक हो। बीस बजे तय गरिएको बैठक समय परिवर्तन भएर २ः३० बजे सुरु भएको हो। महाधिवेशनपछि पुस ५ गतेको पहिलो केन्द्रीय कमिटी बैठकले केन्द्रीय सदस्यको मनोनयन, स्थायी कमिटी र पोलिटब्युरो गठनको अधिकार सचिवालयलाई दिएको छ।
प्रकाशित मिति : आइतबार, पौष १३, २०८२ |
१५:३७:१६
4687



















