जेनजीको भावना अनुसार मुलुक परिवर्तन गर्नु अहिलेको आवश्यकता : मन्त्री खरेल
चितवन, १३ पुष । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले हाल सबै राजनीतिक दल निर्वाचनमा सक्रिय भएकाले मुलुकमा निर्वाचनको वातावरण बनिसकेको बताएका छन्।
नेपाल टेलिकम गण्डकी प्रदेश कार्यालयले पोखरामा आयोजना गरेको स्वागत कार्यक्रममा मन्त्री खरेलले राजनीतिक दलहरू निर्वाचनका लागि तयार रहेको उल्लेख गर्दै, देशलाई स्थायित्व दिन समयमै निर्वाचन आवश्यक रहेको बताउनुभयो।
मन्त्री खरेलले भने, “मुलुक अहिले परिवर्तनको मोडमा छ, र यसलाई नयाँ ऊर्जासाथ समुन्नतिको दिशामा अगाडि बढाउनुपर्छ। जेनजीको भावनाअनुसार मुलुक र समाजलाई परिवर्तन गर्नु अहिलेको आवश्यकता हो।”
साथै, उनले दलका नेताहरूलाई विचारका आधारमा नेतृत्व चयन गर्न आग्रह गर्दै, “नयाँ राजनीतिक दलहरू मिल्दै छन् र पुराना दलहरू पनि गठबन्धन गर्न सक्छन्, जसले मुलुकमा निर्वाचनको वातावरण तयार गरेको छ। म यहाँबाट चुनावका सन्दर्भमा द्विविधा नगरी, मुलुक चुनावका लागि अघि बढिसकेको कुरा स्पष्ट गर्दछु,” भने।



















