घिसिङ र जनार्दन शर्मा पार्टीबीच एकता प्रयास, बालुवाटारमा छलफल जारी
प्रकाशित मिति: आइतबार, पौष १३, २०८२ | १९:०७:१७
चितवन, १३ पुष । उर्जामन्त्री कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टी र जनार्दन शर्मा संरक्षक रहेको प्रगतिशील लोकतान्त्रिक पार्टीबीच एकताका लागि तयारी भइरहेको छ। दुवै दलको कार्यदलबीच छलफल जारी रहेको स्रोतले जानकारी दिएको छ।
स्रोतका अनुसार, बालुवाटारमा आज उक्त दुई दलका प्रतिनिधिहरूबीच दुई चरणमा छलफल भएको थियो, र अहिले पुनः अर्को चरणको छलफल भइरहेको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र काठमाडौँका मेयर बालेन्द्र साह (बालेन)सँग सहमति नजुटे पनि घिसिङले प्रगतिशील लोकतान्त्रिक पार्टीसँग एकताका लागि प्रयास सुरु गरेका हुन्।
यसअघि लामिछाने र साहबीच छलफल भएको थियो, तर सहमति नपाएपछि घिसिङ अलग भएका थिए। आजै बिहान लामिछाने र साहबीच सहमति भएको खबर आएको छ।
प्रकाशित मिति : आइतबार, पौष १३, २०८२ |
१९:०७:१७
4137



















