गोल्फुटार चोकमा मोटरसाइकल दुर्घटना, चालकको उपचारका क्रममा मृत्यु
प्रकाशित मिति: मंगलबार, पौष १५, २०८२ | १७:५६:१२
चितवन, १५ पुष । बुढानीलकण्ठ नगरपालिका–७ स्थित गोल्फुटार चोकमा आज बिहान भएको मोटरसाइकल दुर्घटनामा परि घाइते भएका चालकको उपचारका क्रममा मृत्यु भएको छ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार मृत्यु हुनेमा रामेछापको खाँडादेवी गाउँपालिका–३ का २५ वर्षीय अवी श्रेष्ठ रहेका छन्।
प्रहरीका अनुसार चक्रपथबाट हातिगौँडा चोकतर्फ जाँदै गरेको बागमती प्रदेश ०२–०५२ प ५४०२ नम्बरको मोटरसाइकल गल्फुटार चोकस्थित सडकखण्डमा अनियन्त्रित भई सडकछेउमा रहेको विद्युत्को खम्बामा ठोक्किएको थियो। दुर्घटनामा घाइते भएका चालकलाई तत्काल त्रिवि शिक्षण अस्पताल लगिएको भए पनि उपचारका क्रममा उनको मृत्यु भएको हो।
घटनाका सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।
प्रकाशित मिति : मंगलबार, पौष १५, २०८२ |
१७:५६:१२
2399






















