चन्द्रनिगाहपुर-निजगढ सडकखण्ड झण्डै २४ घण्टापछि खुल्यो
प्रकाशित मिति: बुधबार, पौष १६, २०८२ | ९:२३:०९
चितवन, १६ पुष । पूर्वपश्चिम राजमार्ग अन्तर्गत रौतहटको चन्द्रनिगाहपुर–निजगढ सडकखण्ड झण्डै २४ घण्टापछि पुनः सञ्चालनमा आएको छ ग्याँस बुलेट पल्टिएर राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको थियो। मंगलबार बिहान करिब ७:५० बजेबाट राजमार्ग बन्द भएको थियो। मुख्य मार्ग ठप्प पर्नुका कारण, सवारी साधनहरूलाई लामो र घुमाउरो ग्रामिण सडक प्रयोग गर्नुपर्ने स्थिति आएको थियो।
क्रेनको सहायतामा ग्यास बुलेटलाई सडकको किनारमा राखिएको र बुधबार बिहान साढे ७ बजेदेखि राजमार्ग दुईतर्फी खुला गरिएको जानकारी प्राप्त भएको छ। दुर्घटनापछि ग्यास चुहावट भएर आगलागीको जोखिम भएको कारण दमकलले पानी छर्केर दुईवटा क्रेनको सहायतामा बुलेट उठाइएको थियो। कालोपत्रे राजमार्ग पनि सफा गर्न पानीको फोहोरा हानिएको छ। ग्यास बुलेट अहिले सडकको किनारमा राखिएको छ।
प्रकाशित मिति : बुधबार, पौष १६, २०८२ |
९:२३:०९
4005


















