जेनजी आन्दोलन छानबिन आयोगले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई बयानका लागि पत्राचार गर्ने
प्रकाशित मिति: बिहिबार, पौष १७, २०८२ | १७:११:११
चितवन, १७ पुष । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनसँग सम्बन्धित घटनाको छानबिन गर्न गठित आयोगले तत्कालीन प्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई बयानका लागि बोलाउने तयारी गरेको छ। आयोगले यससम्बन्धी पत्राचार गर्न लागेको जनाएको छ।
प्रकाशित मिति : बिहिबार, पौष १७, २०८२ |
१७:११:११
3719



















