सरकारले दोस्रो राष्ट्रिय आर्थिक गणना २०८२ सञ्चालन गर्ने
प्रकाशित मिति: सोमबार, पौष २१, २०८२ | १७:३९:२१
चितवन, २१ पुष । देशको समग्र आर्थिक अवस्थाको तथ्याङ्कीय माध्यमबाट यथार्थ चित्र प्राप्त गर्न सरकारले दोस्रो राष्ट्रिय आर्थिक गणना, २०८२ सञ्चालन गर्ने भएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयले आज आयोजित कार्यक्रममा राष्ट्रिय आर्थिक गणना २०८२ को कार्यतालिका, लोगो र नारा सार्वजनिक गर्दै आगामी वर्षको असार मसान्तसम्म तथ्याङ्क सङ्कलन सम्पन्न गर्ने लक्ष्य लिएको जानकारी गराएको हो।
प्रकाशित मिति : सोमबार, पौष २१, २०८२ |
१७:३९:२१
5391



















