सानी भेरी नदीमा माछा मार्ने क्रममा युवकको डुबेर मृत्यु
प्रकाशित मिति: मंगलबार, पौष २२, २०८२ | १५:०४:१६
चितवन, २२ पुष । रुकुमपूर्वको सिस्ने गाउँपालिका–८ धपेस्थित सानी भेरी नदीमा माछा मार्ने क्रममा एक युवकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वका अनुसार, मृतक युवकको पहिचान २० वर्षीय लक्ष्मण नाथका रूपमा गरिएको छ, जो सोही गाउँपालिका–८ लम्पाकोटका निवासी थिए।
नाथको शव सानी भेरी नदीको किनारबाट लगभग ३०० मिटर पश्चिम स्थित ढुङ्गाको कोचमा अड्किएको अवस्थामा फेला परेको थियो। प्रहरी टोलीले शवलाई नदीबाट बाहिर निकालेको छ।
प्रारम्भिक अनुसन्धानमा, माछा मार्न थापिएको पासो तान्ने क्रममा नदीमा चिप्लिएर बग्दा उनको मृत्यु भएको हुनसक्ने आशंका गरिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
प्रकाशित मिति : मंगलबार, पौष २२, २०८२ |
१५:०४:१६
1057





















